नेकपा एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष तथा केन्द्रिय सदस्य कैलाश ढुङ्गेलमाथि विकासका नाममा अनियमितता गरेको आरोप लागेको छ।
उनी प्रदेशका मन्त्री रहँदा आफ्नै छोरालाई ‘सहजकर्ता’को रूपमा अघि सारेर विभिन्न प्रक्रियामा प्रभाव पारेको दाबी गरिएको छ।
सार्वजनिक भएको अडियो सामग्रीमा विकास आयोजनाहरूमा घुसको चलखेल भएको संकेत पाइन्छ। आरोप अनुसार, यसरी व्यक्तिगत स्वार्थका लागि पदको दुरुपयोग गर्दै वाग्मती प्रदेशका जनतालाई भ्रममा पार्ने काम भएको बताइएको छ।
उक्त अडियो सार्वजनिक भएसँगै विषयले थप चर्चा पाएको छ भने सम्बन्धित निकायबाट छानबिनको माग पनि उठ्न थालेको छ अडियो प्राविधिक कारणले यसमा पोस्ट गर्न नसकेको क्षमापार्थी छौ र ujjwal kadariya ko फेसबुकमा भिडियो सुन्न सक्नुहुनेछ।
