रामेछाप । रामेछाप जिल्लाको पछिल्लो राजनीतिक परिवेशमा एउटा रोचक र चर्चित प्रसंग सार्वजनिक भएको छ । प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै दलहरूबीचको समीकरण बदलिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारसँग निकटता बढाएकानेपाली कांग्रेसका पूर्व एक नेतासँग जोडिएको विषयले स्थानीय राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।
उनले पछिल्लो समय रास्वपा उम्मेदवारसँग सहकार्य र समन्वय बढाएको चर्चा चलिरहँदा केही अभिव्यक्ति र गतिविधिका कारण विवाद उत्पन्न भएको हो ।
यसै सन्दर्भमा उमेश दाहाल (ईवेन्द्र दाहाल ) ले ‘प्रकाश सापकोटा’ नाम प्रयोग गरी गरिएको भनिएको फोन संवादसम्बन्धी अडियो रेकर्ड आफ्नै भएको स्वीकार गरेका छन् । उक्त अडियो सार्वजनिक भएसँगै यसले थप राजनीतिक बहस र जिज्ञासा उत्पन्न गरेको छ ।
सम्बन्धित नेताले भने यस विषयलाई सामान्य राजनीतिक संवादकै रूपमा व्याख्या गर्दै अनावश्यक रूपमा विषयलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन् । उनका समर्थकहरूले पनि प्रतिस्पर्धात्मक राजनीतिक वातावरणमा यस्ता घटनालाई सन्दर्भविहीन रूपमा प्रस्तुत नगर्नुपर्ने धारणा राखेका छन्।
रामेछापको राजनीतिक वातावरण आगामी निर्वाचनलाई लक्षित गर्दै अझ सक्रिय बन्दै गएको अवस्थामा यस्ता घटनाले दलहरूबीचको प्रतिस्पर्धा र समीकरणलाई थप चासोको विषय बनाएको देखिन्छ । यस घटनाले स्थानीय तहमा मतदाताको धारणा, चुनावी रणनीति र सम्भावित गठबन्धनको समीकरणमा केही प्रभाव पार्न सक्ने सम्भावना भने रहन्छ।
यधपी तत्कालीन रामेछाप नेपाली काङ्ग्रेसको उम्मेदवार सचिवालयले भने ईवेन्द्र दाहालले पाँच लाख बराबरको हिनामिना गरि पार्टी परित्याग गरेको आरोप लगाएको छ।
