राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा -१का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

Share

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।

आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैक तथा वित्तीय संस्थाको कालोसूचीमा नाम रहेको प्रमाणित भएपछि साहको उम्मेदवारी रद्द गरिएको जानकारी दिएका हुन्।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी साह २०८० सालदेखि कालोसूचीमा रहेको देखिएको छ। साथै विभिन्न मितिमा एकल तथा संयुक्त दुवै रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा उनको नाम समावेश भएको विवरणसमेत फेला परेको आयोगले जनाएको छ।

More News

Featured News