श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख सचेतकको सुविधा पाउनबाट वञ्चित

Share

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन्। प्रत्यक्षतर्फ कम्तीमा १ सिट जित्नुका साथै समानुपातिक प्रणालीअन्तर्गत खसेको सदर मतको ३ प्रतिशत प्राप्त गर्ने दललाई राष्ट्रिय दलको मान्यता दिने कानुनी व्यवस्था रहेको छ।

यस मापदण्ड पूरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दलका रूपमा स्थापित भएका छन्।

राष्ट्रिय मान्यता प्राप्त दलले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार विभिन्न अतिरिक्त सेवा–सुविधा पाउने व्यवस्था छ। तर, सोही ऐनका कारण श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रमुख सचेतकको सुविधा पाउनबाट वञ्चित भएका छन्।

ऐनको दफा २ को (ञ) अनुसार प्रतिनिधिसभामा १० भन्दा बढी सदस्य भएका दलले मात्र प्रमुख सचेतक तोक्न सक्ने व्यवस्था छ। तर, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना मात्र सांसद निर्वाचित भएका कारण उनीहरूले यो मापदण्ड पूरा गर्न सकेका छैनन्। त्यसैले यी दुई दलले प्रमुख सचेतकसम्बन्धी सुविधा प्राप्त गर्न नसक्ने भएका हुन्

More News

Featured News