वालेनको नजरमा अपहेलित रामेछाप

Share

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापका उम्मेदवारले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मन्थली आउने जनाउँदै आम नागरिकलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।

उम्मेदवारतर्फबाट सार्वजनिक गरिएको सूचनामा मन्थली आसपासका सर्वसाधारणलाई बिहान १० बजे मन्थलीमा बालेनको आगमन हुने उल्लेख गर्दै कार्यक्रममा सहभागिता जनाउन आग्रह गरिएको थियो। उक्त सूचनापछि स्थानीय तहमा नेता बालेनको उपस्थितिप्रति चासो बढेको थियो।

तर अपेक्षा गरिएअनुसार बालेन मन्थलीमा कुनै औपचारिक कार्यक्रम वा जनभेटघाटमा सहभागी नभएको स्थानीय स्रोतले जनाएको छ। उनले रामेछापलाई पर्याप्त प्राथमिकता नदिएको र मन्थली आसपास छोटो समय बिताएर जुनार खरिद गर्दै फर्किएको भन्दै स्थानीयस्तरमा असन्तुष्टि देखिएको छ।

नेता बालेनको आगमनलाई लिएर गरिएको प्रचार र वास्तविक गतिविधिबीच अन्तर देखिएपछि रास्वपा रामेछापका उम्मेदवारको घोषणामाथि प्रश्न उठ्न थालेको छ। यस विषयमा पार्टी वा बालेन शाहको तर्फबाट औपचारिक प्रतिक्रिया भने आएको छैन।

More News

Featured News