चोरीको मोटरसाइकलसहित रामेछापका एक युवक पक्राउ

Share

काठमाडौं – काठमाडौंको केशरमहल क्षेत्रबाट चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापका २४ वर्षीय विक्रम सुनुवार रहेका छन्।
सुनुवारलाई नियमित गस्तीका क्रममा शंका लागेपछिको चेकजाँचमा नियन्त्रणमा लिइएको हो। उनको साथबाट १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकल चोरी भएको प्रकरणमा उनको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

More News

Featured News