दमक उद्योग वाणिज्य संघको आगामी निर्वाचन २०८२ का लागि दमक–६, झापास्थित देवकोटा चोकमा रहेको हरि सिद्धी फेशन वेयरकी सञ्चालिका संगिता प्रसाईंले सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।
संघर्षशील, कर्मठ तथा सक्रिय महिला उद्यमीका रूपमा परिचित प्रसाईं दमकका व्यवसायी माझ चिरपरिचित, सहयोगी र मिलनसार उम्मेदवारको रूपमा चिनिनुहुन्छ।
आमा गङ्गादेवी प्रसाईं र बुबा खकडा पिडी प्रसाईंको कोखबाट जन्मिनु भएकी प्रसाईं हाल दमकलाई कर्मथलो बनाएर निरन्तर व्यवसायिक यात्रामा अग्रसर रहनुभएको छ।
फेशन व्यवसायमार्फत स्थानीय रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनमा सक्रिय रहँदै आएकी प्रसाईंले उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हकहित, महिला उद्यमीको सशक्तीकरण तथा व्यवसायिक वातावरण सुदृढीकरणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँको उम्मेदवारीले संघको आगामी नेतृत्वमा महिला उद्यमीको सशक्त सहभागिता र प्रतिनिधित्व थप बलियो हुने अपेक्षा गरिएको छ।
