मकाउमा ‘रक्तदान जीवनदान’ विशेष रक्तदान कार्यक्रम हुँदै

Share

मकाउ – एनआरएनए मकाउ अन्तर्गत महिला फोरमको विशेष आयोजनामा यही डिसेम्बर २७, २०२५ मा “रक्तदान जीवनदान” नारासहित विशेष रक्तदान कार्यक्रम  आयोजना हुने भएको छ।

महिला फोरमकी महिला संयोजकको पहलमा हुन लागेको उक्त रक्तदान कार्यक्रमलाई सामाजिक दायित्व र मानव सेवाको महत्वपूर्ण अभियानका रूपमा लिइएको छ।

आयोजकका अनुसार शिविरमार्फत समुदायमा रक्त अभावको समस्यालाई न्यूनीकरण गर्दै मानवीय सहकार्य र एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा मकाउस्थित सबै नेपाली समुदायका संघ–संस्था, सामाजिक अभियन्ता,समाजसेवी, पत्रकार, सञ्चारकर्मी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवा–युवती, श्रमजीवी, व्यवसायी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।

आयोजकले “एक बूँद रक्तले कसैको जीवन बचाउन सक्छ” भन्ने सन्देशसहित रक्तदानलाई सबैभन्दा ठूलो मानवीय दानको रूपमा चित्रण गरेका छन्।

उनीहरूका अनुसार यो कार्यक्रम केवल औपचारिक कार्यक्रम नभई समाजप्रतिको कर्तव्य र मानवताप्रतिको प्रतिबद्धताको प्रतीक हो।

रक्तदान शिविर हुने स्थान:
2nd Floor, Centro Hotline, 335–339 Alameda Dr. Carlos D’Assumpção
Wynn Macau नजिक, StarWorld Hotel को पछाडि
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि:
राजी: 6278 6066
धिरेन्द्र सिटौला: 6615 6055

एनआरएनए मकाउ महिला फोरमले सम्पूर्ण समुदायलाई उक्त पुण्यकार्यमा सहभागी भई रक्तदानमार्फत जीवन बचाउन हार्दिक आह्वान गरेको छ।

More News

Featured News