एनआरएनए हङकङको स्वागतसहित  ऐतिहासिक एकता सहमति

Share

गैर–आवासीय नेपाली अभियानमा लामो समयदेखि जारी अन्योलतालाई चिर्दै दुई फरक नेतृत्वबीच ऐतिहासिक एकता सम्भव भएपछि NRNA Hong Kong ले त्यसको औपचारिक स्वागत गरेको छ।

प्रधानमन्त्री Sushila Karki को विशेष पहल र रोहबरमा सम्पन्न सहमतिअनुसार ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष Dr. Badri KC र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष Mahesh Shrestha बीच “बृहत् एकता सम्बन्धी सहमति” भएको हो।

एनआरएनएमा देखिंदै आएको दोहोरो नेतृत्व र विभाजनले संघका गतिविधि प्रभावित हुँदा पनि अन्ततः सहमतिले सबै पक्षलाई एउटै अभियानभित्र उभ्याएको भन्दै हङकङस्थित राष्ट्रिय समन्वय परिषद्ले यस निर्णयलाई “कोसेढुङ्गा” को रूपमा व्याख्या गरेको छ।

समितिले जारी गरेको वक्तव्यअनुसार विगतका सबै मतभेद, विवाद र तीताअनुभूति बिर्सेर संस्थालाई एकसुत्रीय अभियानमा लैजाने सहमति नै विश्वभरका गैर–आवासीय नेपालीको अपेक्षा अनुरूप भएको बताइएको छ।

यो एकताको परिणामस्वरूप संघले आफ्नो मूल मर्म — गैर–राजनीतिक, विशुद्ध सामाजिक र समावेशी संस्था — का रूपमा आफूलाई पुनः सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

संस्थाले कागजी सहमतिमै सीमित नभई विश्वभर रहेका नेपाली समुदायको भावना र चेतनामा पनि एकताको अनुभूति स्थापित होस् भन्ने कामना गरेको छ। साथै केन्द्रीय नेतृत्वलाई बधाई दिँदै भविष्यमा पनि एकताबद्ध, पारदर्शी र गरिमामय संस्थाको पक्षमा रहने प्रतिवद्धता व्यक्त गरिएको छ।

हङकङमा Hong Kong को कानूनी दर्ता (Ref. CP/LIC/SO/19/30991) अनुसार सञ्चालनमा रहेको परिषद्ले २००४ देखि नै प्रवासी नेपाली समुदायका हितमा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।
अन्त्यमा, “जय एनआरएनए, जय नेपाल” नारासहित जारी वक्तव्यले विश्वभरका नेपालीबीच एकता, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा राखेको छ।

More News

Featured News