नेपालमा अब सय रुपैयाँभन्दा ठूला भारतीय रुपैयाँ चलनचल्तीमा ल्याउने मार्ग खुलेको छ

Share

काठमाडौँ — नेपालमा लामो समयदेखि रोकिएको एक सय रुपैयाँभन्दा ठूला दरको भारतीय रुपैयाँ (भारु) को चलनचल्ती अब पुनः खुलेको छ।

भारतीय केन्द्रीय बैंक—रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)—ले नेपालमा ठूला दरका नोट सटही तथा चलनचल्ती गर्न अनुमति दिएसँगै यसको बाटो स्पष्ट भएको हो।

हालसम्म नेपालमा १०० रूपैयाँ मूल्यका भारतीय नोट मात्र कानुनी रूपमा चल्ने व्यवस्था थियो। यद्यपि, भारतले औपचारिक रुपमा अनुमति दिएपछि २००, ५००, २,००० लगायत ठूला दरका भारु नेपालमा प्रयोग गर्न सकिनेछ। तर, यो व्यवस्था तत्काल लागू हुने भने होइन।

राष्ट्र बैंकको परिपत्रपछि मात्र लागू

रिजर्भ बैंकको अनुमति आए पनि नेपालमा ठूला दरका भारतीय नोट चलनचल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकले परिपत्र (निर्देशन) जारी गर्नैपर्छ।

राष्ट्र बैंकले विगतमा जारी गरेको निर्देशनकै कारण १०० भन्दा ठूला दरका नोटहरू नेपालमा चल्दै आएनन्। त्यसैले अब नयाँ परिपत्र जारी भएपछि मात्र नागरिकले ठूला दरका भारु सहजै चलनचल्तीमा ल्याउन, सटही गर्न तथा बैंकमार्फत कारोबार गर्न पाउनेछन्।

सुविधा कसलाई?

नयाँ व्यवस्थाले
• नेपाल–भारत आवागमन गर्ने सर्वसाधारण,
• दुवै देशका पर्यटक,
• साना व्यापारी तथा व्यवसायी

सबैलाई उल्लेख्य सहजता दिने अपेक्षा गरिएको छ।
भारु १०० भन्दा माथिका नोट नचल्दा सिमानाक्षेत्र तथा पर्यटक क्षेत्रहरूमा समस्या देखिँदै आएको थियो। ठूला नोट स्वीकार भएपछि लेनदेन सरल हुने, सटही प्रक्रिया सहज बन्ने र दुवै देशबीचको आर्थिक गतिविधिमा
सकारात्मक प्रभाव पर्नेछ।

यससँगै अब नेपालमा भारतीय मुद्राको प्रयोगसम्बन्धी पुरानो विवाद तथा असहजता समाधानतर्फ उन्मुख भएको छ, तर अन्तिम निर्णय राष्ट्र बैंकको परिपत्र जारी भएपछि मात्र लागू हुनेछ।

More News

Featured News