आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज समूह चरणको दोस्रो र अन्तिम खेल जापानसँग खेल्दै छ।
यो खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्मिनल –१ मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो र त्यससँगै सुपर सिक्स चरणमा स्थान पक्का गरिसकेको छ।
अब जापानविरुद्धको खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र जापान आज पहिलो पटक आमनेसामने हुनेछन्।
