भोलोडिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्प भेटवार्ता गर्दै

Share

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आगामी सातातिर न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभा क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने भएका छन्।

यस भेटमा उनले रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन अमेरिकालाई दबाब दिने योजना बनाएका छन्। रुसले युक्रेनमाथि आक्रमणलाई अझ तीव्र बनाइरहेका बेला जेलेन्स्कीले शनिबार आफ्नो कार्यक्रम सार्वजनिक गरेका हुन्।

अल जजीराको रिपोर्टअनुसार, उनले सामाजिक सञ्जालमार्फत भनिरहेका छन्– “हामी अमेरिकाबाट अझ कडा प्रतिबन्धको अपेक्षा गरिरहेका छौं। युरोपले आफ्नो दायित्व पूरा गरिरहेको छ।”

युद्धविरामपछि युक्रेनलाई भविष्यमा सम्भावित रुसी आक्रमणबाट जोगाउन दीर्घकालीन सुरक्षा ग्यारेन्टीबारे पनि जेलेन्स्कीले ट्रम्पसँग छलफल गर्न सक्ने जनाइएको छ। तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनमा पश्चिमी सेना तैनाथ भए सहन नसक्ने चेतावनी पहिले नै दिइसकेका छन्।

More News

Featured News