
नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध प्रहरीको साइबर ब्युरोले पक्राउ पुर्जी जारी गरेको छ ।
महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै एमालेको केन्द्रीय सदस्य बनेका हुन् ।
स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए।
बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतस्रोतले जनाएको छ । धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् ।
