
डायबेटिज भनेको सामान्यतः रगतमा रहेको स्तर (रक्तचिनी) बढ्ने समस्या हो । जसका कारण हाम्रो शरीरमा धेरै नकारात्मक प्रभाव परिरहेको हुन्छ ।
खाली पेट शरीरमा ग्लुकोजको मात्रा १२५ मिलिग्राम प्रतिडेसीलिटर वा खाना खाएपछि पनि यति नै वा यसभन्दा बढी भएमा यसलाई डायबेटिज वा उच्च रक्तचिनी भनिन्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, जो मानिसहरूको सुगर स्तर बारम्बार उच्च रहन्छ, तिनीहरूमा किड्नी, आँखा, लिभर र मेटाबोलिज्मसँग सम्बन्धित गम्भीर समस्याहरूको जोखिम बढ्छ।
उच्च ब्लड सुगर र यसको कारण उत्पन्न हुने जटिलताहरू बारे चर्चा भइरहन्छ, तर चिनीको मात्रा बढ्नु जति हानिकारक छ, त्यसको कमी हुनु (हाइपोग्लाइसेमिया) पनि शरीरका लागि खतरनाक हुन्छ।
रक्तचिनीको कमी
रक्तचिनीको मात्रा सामान्यभन्दा कम हुँदा यसलाई हाइपोग्लाइसेमिया भनिन्छ। यदि चिनीको स्तर ७० मिलिग्राम प्रतिडेसीलिटरभन्दा तल छ भने यो स्थिति हाइपोग्लाइसेमिया मानिन्छ। यसलाई लामो समयसम्म नजरअन्दाज गरेमा यो स्वास्थ्यका लागि घातक हुन सक्छ।
डाक्टरहरूका अनुसार, यो अवस्था मुख्य रूपमा डायबेटिज भएका व्यक्तिहरूमा देखिन्छ, विशेष गरी ती जो इन्सुलिन प्रयोग गर्छन्। ग्लुकोज शरीरको ऊर्जा स्रोत भएकाले यसको कमीले शरीर र मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ।
चिनी बढ्दा के हुन्छ?
उच्च चिनी (हाइपरग्लाइसेमिया)का कारण निम्न समस्या देखिन सक्छन्:
-अत्यधिक भोक र तिर्खा
-बारम्बार पिसाब लाग्नु
-टाउको दुख्ने र धमिलो देखिने
-थकान र तौल घट्ने
-बारम्बार यूटीआई वा छालामा संक्रमण
-घाउ ढिलो निको हुनु।
यी लक्षण देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु आवश्यक छ।
चिनी कम हुँदा के हुन्छ?
चिनीको कमीले पनि जटिलताहरू ल्याउन सक्छ:
-चक्कर लाग्नु र पसिना आउनु
-थकान, कमजोरी र टाउको दुखाइ
-बेचैनी वा घबराहट
-हात, कम्मर काँप्नु
-भ्रम, बोल्न गाह्रो हुनु
-बेहोस हुने वा कोमामा पुग्ने
लामो समयसम्म यस्तो समस्या रहनु स्वास्थ्यका लागि गम्भीर खतराको संकेत हो।
चिनी कम हुँदा के गर्नुपर्छ?
डाक्टरका अनुसार, चिनीको कमीका धेरै कारण हुन सक्छन्: औषधिको बढी मात्रा, समयमै खाना नखाने, समय परिवर्तन वा मद्यपान।
चिनी कम हुँदा तुरुन्त ग्लुकोज बिस्कुट, चिनी भएको क्यान्डी वा फलफूलको जुस खानुहोस्। केही समयपछि पुनः चिनी जाँच गर्नुहोस्।
यी उपायले सुधार नआएमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस्। हाइपोग्लाइसेमिया गम्भीर स्थिति हो। नियमित रूपमा सन्तुलित आहार, शारीरिक गतिविधि र चिनीको निगरानी गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ।
